काठमाण्डु- प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा गठबधन्धनको बैठक सकिए लगत्तै आफ्नै पार्टीका केही मन्त्री र काँग्रेसकै नेताहरुसँग आन्तरिक छलफलमा जुटेका छन् ।
शुक्रबार बिहान सत्ता एमसीसीबारे निर्णायक छलफल गर्न बसेको गठबन्धनका नेताहरुको बैठक सकिए पछि प्रधानमन्त्री देउवाले गृहमन्त्री बालकृष्ण खाण, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र कानुन मन्त्री दिलेन्द्र बडुलाई बालुवाटार बोलाएर छलफलमा जुटेका हुन् ।
आज बसेको सत्ता गठबन्धनको बैठकले संसदमा एमसीसी टेबुल नगर्ने निर्णय गरेको छ । स्रोतका अनुसार आज पनि गठबन्धन दलहरुमा एमसीसीबारे सहमति जुट्न सकेन ।




प्रतिक्रिया