कोरोना भाइरसबाट जोगाउन वुहानका नेपालीलाई तत्काल फिर्ता ल्याइयोस्: सभापति देउवा

कोरोना भाइरसबाट जोगाउन वुहानका नेपालीलाई तत्काल फिर्ता ल्याइयोस्: सभापति देउवा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चीनको वुहानमा रहेका नेपालीलाई तत्काल उद्धार गर्न सरकारलाई आग्रह गरेको छ ।

शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै सभापति देउवाले अन्य देशहरुले पनि आफ्ना नागरिक फिर्ता गरेको उदाहरण दिँदै नेपालीलाई पनि कोराना भाइसबाट जोगाउन नेपाल ल्इाउनुपर्ने माग गरेका छन् ।

उनले भनेका छन्, ‘कयौं देशले चीनको वुहान सहरबाट आफ्ना नागरिकलाई स्वदेश फर्काइसकेको विवरण आएका छन् । तर त्यहाँ रहेका करिब एक सय नेपाली विद्यार्थीसंगै अन्य नेपालीलाई स्वदेश फर्काउन सरकारले कुनै गम्भीरता नदेखाउनु, दुस्खद र आपत्तिजनक छ । कोरोना भाइरसको संक्रमणबाट जोगाउँदै वुहानका नेपालीलाई यथाशिघ्र नेपाल ल्याउने प्रबन्ध मिलाउन म सरकारलाई अनुरोध गर्दछु ।’

सभापति देउवाले कोरोनाका कारण जीवन गुमाएका सबै चिनियाँ नागरिकको परीवार र चीन सरकारप्रति नेपाली कांग्रेसकातर्फबाट समवेदनासमेत व्यक्त गरेका छन् ।

सभापति देउवाले भाइरस नियन्त्रणकालागि चीन सरकारले गरिरहेको प्रभावकारी प्रयासको प्रशंसासमेत गरेका छन् । उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अन्तराष्ट्रीय रुपमा संक्रमण फैलिन सुरु गरेको आजको स्थितिमा बिश्व स्वास्थ्य संगठन द्वारा घोषित संकटकाल र संक्रमण सामना गर्न अन्य राष्ट्रले सुरु गरेको सम्पुर्ण सतर्कतासँगै नेपालले राख्नुपर्ने सतर्कता र सरकारले युद्दस्तरमा निर्वाह गर्नुपर्ने कर्तव्यबारे सजग गराउँदै म सार्वजनिक अपिल गर्न चाहान्छु ।’

उनले कोरोना भाइरस संक्रमणको जोखिम र पूर्व सतर्कताबारे सरकारले विविध माध्यमबाट नागरिकमा व्यापक सूचना सम्प्रेषण गर्न जरुरी रहेको जनाएका छन् । नेपाल प्रवेशका सबै अन्तराष्ट्रिय नाकामा विशेष हेल्थ डेस्क प्रभावकारी ढंगले संचालन गर्न अपिल गर्दछु, ताकी कोरोना भाइरसको नेपाल प्रवेशलाई रोक्न सकिनेसमेत उनले जनाएका छन् ।

उनले भनेका छन्, ‘वुहानबाट नेपालीहरुलाई उद्धार गरेर ल्याए पश्चात स्वास्थ्य परिक्षणको प्रतिवेदन आउने निश्चित अवधिभर अलग्गै राख्ने शिविरको प्रवन्ध गर्न सरकारले तत्काल कार्य सुरु गर्नुपर्ने आवश्यकता म औंल्याउन चाहन्छु । संक्रमण परीक्षणका लागि राजधानीमा अलग्गै केन्द्र तत्काल स्थापना गर्नुपर्ने अनिवार्य आवश्यकता छ । यसलाई गम्भीरतापुर्वक लिएर गम्भीरताकासाथ कार्य गर्न म सरकारलाई सचेत गराउन चाहन्छु ।’