काठमाण्डु नेपाली काँग्रेसले स्थानीय तहको निर्वाचन अन्तर्गत महानगर र उपमहानगरपालिकाका उम्मेदवार छान्ने जिम्मा सभापति शेरबहादुर देउवालाई दिएको छ ।
आइतबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले स्थानीय तहको निर्वाचन अन्तर्गत पार्टीको तर्फबाट उम्मेदवार छान्ने अधिकार देउवालाई दिने निर्णय गरेको हो ।
त्यसैगरी आज बसेको बैठकले महानगरपालिकाको टिकट वितरणका लागि १४ सदस्यीय संसदीय समिति गठन गरेको छ । महानगरपालिकाको टिकट वितरणका लागि १४ सदस्यीय संसदीय समिति गठन गरे पनि उम्मेदवार छान्ने अधिकार भने देउवालाई दिइएको छ ।




प्रतिक्रिया