काठमाण्डु – प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमालेलाई नजिताउन जनताहरुसँग आग्रह गरेका छन् । शनिबार बुटवलमा सत्तारुढ गठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै देउवाले संविधानको रक्षा गर्नको लागि भए पनि नेकपा एमालेलाई नजिताउन आग्रह गरेका हुन् ।
उनले असंवैधानिक रुपमा विघटन गरिएको संसदलाई अदालतले पुनस्र्थापना गरिदिए पनि एमालेले संसद चल्न नदिएको बताए । ‘ओलीको पार्टीलाई जिताएर के गर्नुहुन्छ ? यहाँ पनि भोलि त्यही हालत होला,’ उनले भने ।
त्यसैगरी देउवाले लोकतान्त्रिक अधिकारको संरक्षण गर्न र गणतन्त्रलाई संस्थागत गरी स्थायित्व दिनका लागि आफूहरुले गठबन्धन गरेको बताए । ‘गठबन्धन ओलीको अत्यन्त अत्याचार भएपछि बनेको हो,’ उनले भने, ‘कसैको विरोध सहन नसक्ने, कसैले विरोध गरेमा संसद भंग गरिहाल्ने । यो संविधानमा प्रधानमन्त्रीले संसदलाई लहडमा भंग गर्न पाउने व्यवस्था नै छैन ।’




प्रतिक्रिया