चुनाव हारे बागीलाई कुनै पनि हालतमा माफी दिइने छैनः देउवा

चुनाव हारे बागीलाई कुनै पनि हालतमा माफी दिइने छैनः देउवा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बागी उम्मेदवारलाई कुनै हालतमा माफी नदिने बताएका छन् । सोमबार कैलालीको धनगढीमा आयोजित चुनावी सभामा बोल्दै देउवाले यदी स्थानीय तहको चुनाव हारिएको भने बागीलाई कुनै पनि हालतमा माफी नदिने बताएका हुन् ।

‘स्थानीय सरकार पनि जित्न जरुरी छ । बागीले उम्मेदवारी फिर्ता लिनुपर्छ । अहिले भन्न चाहन्छु । बागी उम्मेदवारलाई कुनै पनि हालतमा सहिने छैन । बागी उठ्दा हामीले पहिले पनि हारेकै हो । अहिले पनि बागी उठेर पार्टी हार्यो भने कुनै पनि हालतमा माफी गरिने छैन ।’

त्यसैगरी देउवाले स्थानीय तहको निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई विजयी गराउन आग्रह गरेका छन् । स्थानीय तहको निर्वाचन आउन अब चार दिन बाँकी छन् ।