काठमाण्डु – भारतका प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनीमा इन्डिया इन्टरनेशनल सेन्टर फर बुद्धिष्ट कल्चरको शिलान्यास गरिरहँदा हात जोडेर ध्यानमा बसे । आँखा चिम्लिएर मोदी ध्यानमा बस्दा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भने फरक तरिकाले प्रस्तुत भएको भिडियो हाल सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
प्रधानमन्त्री देउवा बौद्ध भिक्षुहरुले मन्त्र पढिरहँदा हात बाँधेर मात्र बसेको भिडियोमा देखिन्छ । त्यसैगरी देउवाले बेला बेलामा टोपी मिलाउनुका साथै यता उता हेरिरहेको देखिन्छ । ध्यानमा बस्दा देउवाको मन भने अन्त्यै भएको होकी भन्ने आँकलन गर्न सकिन्छ। देउवा पत्नी आरजु देउवा भने उठेर हात जोडेर ध्यानमा देखिइन् । देउवाले ध्यानमा बस्दा हात पनि नजोडेको भन्दै सामाजिक सञ्जालमा टिकाटिप्पणी भइरहेको छ ।




प्रतिक्रिया