काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभामा धारणा राख्ने भएका छन् ।
संसदको बजेट अधिवेशन आज ४ बजेदेखि सुरू हुँदैछ । प्रमुख प्रतिपक्षी दलका तर्फबाट देउवाले धारणा राख्नेछन् ।
त्यस्तै, नेकपाबाट उपनेता सुवास नेम्वाङ, समाजवादी पार्टीका तर्फबाट उपेन्द्र यादव र राजपा नेपालका तर्फबाट महन्थ ठाकुरले धारणा राख्नेछन् ।




प्रतिक्रिया