काठमाण्डु – सत्ता गठबन्धनका शीर्ष तीन नेताबीच बालुवाटारमा भेटवार्ता भएको छ । मंगलबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच भेटवार्ता भएको हो ।
उनीहरुबीच विहान ८ बजेपछि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध महाभियोग प्रस्ताव, राजदूत नियुक्ति, एमसीसी र स्थानीय तहको निर्वाचनबारे छलफल भएको बुझिएको छ । स्रोतका अनुसार प्रधानमन्त्री देउवाले अब बस्ने मन्त्रिपरिषद बैठकबाट राजदूत सिफारिस गर्ने तयारी गरेका छन् ।
नेपालका तीनवटा संयुक्त राष्ट्रसंघीय नियोग (न्युयोर्क, जेनेभा र भियना) र ३० देशमा दूतावास छन् । कुल ३० वटा मध्ये हाल १० वटा मुलुकमा मात्र राजदूत छन् भने २० वटा मुलुक लामो समयदेखि राजदूतविहीन छ ।
उनीहरु १० जना परराष्ट्र मन्त्रालयका करिअर राजदूत हुन् । पार्टीको संसदीय बैठकअघि देउवाले प्रचण्ड र माधव नेपालसँग छलफल गरेका हुन् । अहिले कांग्रेस संदीय दलको बैठक जारी छ ।




प्रतिक्रिया