काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबारका लागि बोलाएको संवैधानिक परिषदको बैठकमा सभामुख अग्निप्रसाद सापकोटा र प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा सहभागी नहुने भएका छन् ।
सरकारले ल्याएको अध्यादेशविरुद्ध सभामुख आफैं अदालत पुगेकाले परिषदको बैठकमा सभामुख सहभागी नहुने बताइएको छ । संवैधानिक परिषद् सम्बन्धी अध्यादेश र नियुक्तिविरुद्ध सभामुख सापकोटाले दायर गरेको मुद्धा सर्वोच्च अदालतमा विचाराधीन छ ।
यस्तै संसद छलेर अध्यादेशबाट शासन चलाउन खोजेको अवस्थामा संवैधानिक परिषद्को बैठकमा उपस्थित हुन उपयुक्त नभएकाले देउवा पनि बैठकमा अनुपस्थित नहुने बताइएको छ ।




प्रतिक्रिया