जघन्य हत्याका आरोपी आलम बचाउन लागे कांग्रेस सभापति देउवा

जघन्य हत्याका आरोपी आलम बचाउन लागे कांग्रेस सभापति देउवा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – कांग्रेस सभापति शेरबहादुर देउवाले १२ वर्षअघिको हत्या आरोपमा पक्राउ परेका पार्टीका सांसद मोहम्मद अफताब आलमको बचाउ गरेका छन्। पुरानो मुद्दा ब्युँताएर आलमलाई पक्राउ गरिएको भन्दै देउवा सरकारविरुद्ध आक्रामक बनेका छन् ।

‘१२ वर्षअघिको घटना ल्याएर अहिले पक्राउ गर्न पाइन्छरु’ कांग्रेसको नीति तथा प्रशिक्षण प्रतिष्ठानले भक्तपुरमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा देउवाले भने, ‘त्यतिबेला के हेरेर बसेको ? ’

कांग्रेसबाट निर्वाचित स्थानीय तहका अध्यक्ष तथा उपाध्यक्षका लागि आयोजना गरिएको दुईदिने प्रशिक्षणमा देउवाले राम्रो काम गरेर देखाउन जनप्रतिनिधिहरूलाई निर्देशन दिए।

‘कम्युनिस्ट र कांग्रेस फरक छन् भन्ने कुरा जनताको मन जितेरै देखाउनुपर्छ,’ स्थानीय तहका जनप्रतिनिधिलाई निर्देशन दिँदै देउवाले भने, ‘आगामी निर्वाचनमा पार्टीले जित्ने गरी काम गरेर देखाउनुहोस्।’

कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले समेत आलमको घटनालाई कांग्रेसविरुद्धको षड्यन्त्रका रूपमा लिए । सञ्चारमाध्यमसमेत कांग्रेसीविरुद्ध लागिपरेको उनको आरोप थियो। आजको कान्तिपुर दैनिकमा समाचार छ ।