प्रधानमन्त्री देउवा र अमेरिकी सहायक विदेशमन्त्री लूबीच भेटवार्ता, जलवायु र कोभिड संकटबारे छलफल

प्रधानमन्त्री देउवा र अमेरिकी सहायक विदेशमन्त्री लूबीच भेटवार्ता, जलवायु र कोभिड संकटबारे छलफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबीच भेटवार्ता भएको छ । सरकारी निवास बालुवाटारमा बिहीबार साँझ भएको भेटमा द्विपक्षीय सम्बन्धबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

उनीहरुबीचको भेटमा नेपालको तर्फबाट परराष्ट्र सचिव भरतराज पौड्याल र अमेरिकाको तर्फबाट राजदूत बेरी पनि सहभागी थिए । ‘हामीले लामो समयदेखिको नेपाल–अमेरिका मित्रता, सहयोग र बहुआयामिक द्विपक्षीय सम्बन्धका विभिन्न पक्षमा विषयमा विचार आदानप्रदान गरेका छौं,’ प्रधानमन्त्री देउवाले ट्वीट गरेका छन् ।

त्यस्तै उक्त भेटवार्तामा कोभिड–१९ महामारी र जलवायु संकटविरुद्ध नेपाललाई सघाउनेबारे छलफल भएको अमेरिकी राजदूत बेरीले जानकारी दिएका छन् । प्रधानमन्त्री देउवालाई भेटेसँगै अमेरिकी कूटनीतिज्ञ लूले नेपालमा राजनीतिक भेटघाट सुरु गरेका छन् । किडरलिङ आज र लू हिजै काठमाण्डु आइपुगेका थिए ।