प्रधानमन्त्री देउवाद्वारा राष्ट्रपतिसँग भेट: ‘मुलुकमा राजनीतिक स्थिरता हुनेमा विश्वस्त’

प्रधानमन्त्री देउवाद्वारा राष्ट्रपतिसँग भेट: ‘मुलुकमा राजनीतिक स्थिरता हुनेमा विश्वस्त’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– मुलुकमा तीनवटै तहको चुनाव सकिएसँगै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ।

 

शीतल निवासमा बिहीबार भएको भेटमा प्रधानमन्त्री देउवाले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको परीणामत्रबारे जानकारी गराए।

राष्ट्रपति भण्डारीले संविधान कार्यान्वयनमा कोशेढुंगाका रुपमा रहेको निर्वाचन शान्तिपूर्ण र ठूलो जनसहभागितामा सम्पन्न गरेकोमा सरकारलाई धन्यवाद दिएकी छन्।

 

 

साथै अब मुलुकमा राजनीतिक स्थिरता हुने विश्वास व्यक्त गरेको प्रवक्ता कुलप्रसाद चुडालले जानकारी दिए।

 

 

राष्ट्रपतिले समाजिक आर्थिक रुपान्तरणसहित समृद्धि हासिल गर्ने जन आकांक्षा सफल पार्न दलहरुबीच सहकार्य हुनु पर्नेमा जोड दिएकी छन् ।