सभापति देउवाले बोलाए आकस्मिक पदाधिकारी बैठक

सभापति देउवाले बोलाए आकस्मिक पदाधिकारी बैठक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् ।

साेमबार सभापति देउवाले आफ्नै निवास बूढानीलकण्ठमा बिहान १० बजेका आकस्मिक रुपमा पदाधिकारी बैठक बोलाएका हुन् ।

सत्ता गठबन्धनमा पछिल्लो समय देखिएको असमझदारीपछि देउवाले बैठक बोलाएका हुन् । राष्ट्रियसभा अध्यक्षमा दाबी, मन्त्रीहरूको कार्यसम्पादनलगायत विषयले गठबन्धनमा समस्या उत्पन्न भएको छ ।

सभापति देउवाले बिहानै प्रधानमन्त्री प्रचण्डलाई समेत भेटेका थिए ।