ओलीबाट देश जोगाएँ,अब मलाई जिताउनुस् : देउवा

ओलीबाट देश जोगाएँ,अब मलाई जिताउनुस् : देउवा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनताले ओलीको सासनबाट मुक्ति पाएको भन्दै अबको अवस्थालाई बचाएर लैजान पार्टीको जिम्मा आफूले लिएको बताएका छन् । १४औं महाधिवेशन उद्घाटन सत्रमा बोल्दै उनले ओलीबाट बचाएर देशलाई अघि ल्याएको भन्दै अब आफू पार्टीलाई बचाउन तयार रहेको बताए ।

उनले निकट भविश्यमा हुन लागेका तीनवटै तहको निर्वाचनमा बिजयी बन्न पनि कांग्रेस मिलेर जानुपर्ने बताए । उनले कांग्रेस सरकार रहिरहे स्थानीय र संघीय सरकारको नेतृत्व पनि कांग्रेसको हुने भन्दै आफुलाई जिताउन आग्रह गरे ।

‘कांग्रेस सरकार रहिरहे आगामी सत्ता पनि कांग्रेसकै हुन्छ त्यसकारण मलाई जिताइदिनुस् साथीहरु ।’ देउवाले संक्षिप्त मन्तव्यका क्रममा भने ।