देउवाकाे प्रश्नः दुई कम्युनिष्ट मिल्दा कांग्रेसले हार्यो, मलाई मात्र दोष किन ?

देउवाकाे प्रश्नः दुई कम्युनिष्ट मिल्दा कांग्रेसले हार्यो, मलाई मात्र दोष किन ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई चुनावमा हराउनेहरु आफूविरुद्ध उत्रिएको दाबी गरेका छन् ।

सभापति देउवाले शुक्रबार काठमाडौंमा आयोजित प्रजातान्त्रिक विचार समाजको ११औं राष्ट्रिय महाधिवेशनमा बोल्दै दुई कम्युनिष्ट पार्टी मिल्दा कांग्रेसले हारेको र त्यो हारको दोष आफूलाई मात्रै लाउने गरेकोमा आपत्ति जनाए ।

मञ्चमै रहेका नेता कृष्णप्रसाद सिटौलालाई सभापति देउवाले पुष्पकमल दाहाललाई मिलाउनका लागि चुनावका बेला वार्तामा पठाएको तर मिलाउन नसकेको पनि स्मरण गराए । उनले आफूलाई मात्रै आरोप लगाएर पार्टीका नेताहरुले गैरप्रजातान्त्रिक गतिविधि गरिरहेको आरोप पनि लगाए ।

सभापति देउवाले चुनावमा पार्टीलाई हराउनेहरु पार्टीभित्र बलशाली भएकाले पार्टी संकटमा फसेको तर्क पनि गरे । उनले आफूमाथि आरोप लगाउन छोडेर आउँदो चुनावमा पार्टीलाई जिताउने गरी काममा जुटन पनि पार्टीका नेता–कार्यकर्तालाई निर्देशन दिए । उनले भने, ‘एकले अर्कामाथि आरोप प्रत्यारोप लगाउँन छाड्नुस् र आगामी चुनावमा पार्टीलाई जिताउने गरि काममा जुट्नुस् ।’