पूर्वराजा ज्ञानेन्द्रलाई देउवाको चुनौती : शासन गर्ने भए चुनाव लडेर आउनूस्

पूर्वराजा ज्ञानेन्द्रलाई देउवाको चुनौती : शासन गर्ने भए चुनाव लडेर आउनूस्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई चुनाव लडेर आउन चुनौती दिएका छन् ।

गणेशमान स्मृति शान्ति प्रतिष्ठानले बुधबार आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले शासन गर्ने भए चुनाव लडेर आउन शाहलाई चुनौती दिएका हुन् ।

आफूले प्रजातन्त्रबाहेक कुरा सुम्पिन तयार छु भनेर ज्ञानेन्द्र शाहलाई भनेको तर उनले आफूलाई जेलमा कोचेको स्मरण गर्दै देउवाले भने, ‘त्यतिबेलादेखि नै गणतन्त्रको माहोल सुरु भयो ।’

देउवाले प्रजातन्त्रको विकल्प प्रजातन्त्र मात्रै भएको बताए । ‘अहिले धेरै राम्रो संविधान छ । समावेशी–समानुपातिक संविधान छ । सबैलाई समेटिएको छ । सबैको अधिकार छ । केही समस्या छन् भने प्रजातान्त्रिक रुपमा हल गर्नुपर्छ, उनले भने, ‘शासन गर्ने भए चुनाव लडेर आउनुस्, प्रजातन्त्रमा त्यो सुविधा छ, शासन व्यवस्थाविरुद्ध नलाग्नुस् ।’