काठमाण्डु- कांग्रेस सभापति शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापाबीच चुनावअघि गठबन्धन गर्न नहुने विषयमा सहमति नजुट्दा छलफल निष्कर्षविहीन भएको छ ।
महासमिति बैठक सुरु हुनुअघि सोमवार देउवा निवास बुढानिलकण्ठमा भएको भेटवार्तामा सभापति देउवा र महामन्त्री थापाबीच चुनावअघि गठबन्धन गर्न नहुने विषयमा सहमति नजुटेपछि छलफल निष्कर्षविहीन भएको भएको ।
महामन्त्री थापाले चुनावमा गठबन्धन नगर्नेसहितको प्रतिवेदन बनाएपछि सभापति देउवाले त्यसलाई सच्याउन आग्र्रह गरे। तर, महामन्त्री थापाले सभापति देउवाको आग्रहलाई अस्वीकार गरेपछि छलफल निष्कर्षविहीन भएसँगै बुढानिलकण्ठबाट नेताहरू बाहिरिएका छन् ।
सभापति देउवाले महामन्त्री थापालाई सांगठानिक प्रतिवेदनबाट चुनावअघि गठबन्धन नगर्ने भन्ने शब्द हटाउन पटक पटक आग्रह गरिरहेका छन् । तर, महामन्त्री थापाले देउवाको आग्रहलाई नुटेर्नुका साथै प्रतिवेदनबाट चुनावअघि गठबन्धन नगर्ने भन्ने शब्द नहटाउने अडान यथावत राखेका छन् । जसकारण गत शनिबारदेखिको वार्ता निष्कर्षविहीन बनिरहेको छ ।




प्रतिक्रिया