देउवाले अहिल्यै सभापति नछाड्ने अडान लिएपछि छलफलबाट उठे गगन र विश्व

देउवाले अहिल्यै सभापति नछाड्ने अडान लिएपछि छलफलबाट उठे गगन र विश्व


काठमाण्डु– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माबीच भएको छलफल सकिएको छ ।

बुधबार बिहान देउवा निवास महाराजगञ्जमा भएको छलफल बिनानिष्कर्ष टुङ्गिएको हो ।

एक घण्टासम्म चलेको वार्तामा सहमति हुन नसकेपछि दुवै महामन्त्री वार्तास्थलबाट बाहिरिएका छन्।

निर्वाचन आयोगमा जाने बाहेक अन्य हस्ताक्षरमा आफ्नो रुचि नभएको सभापति देउवाले महामन्त्रीद्वयलाई सुनाएका थिए ।

छलफलका क्रममा देउवाले आगामी वैशाखमा हुने १५औँ महाधिवेशनबाट पार्टीको नेतृत्व परिवर्तन गर्ने नै भएकाले अहिल्यै सभापति नछाड्ने अडान लिएका थिए। यसमा कुरा नमिलेपछि दुवै जना देउवा निवासबाट बाहिरिएका हुन्।

सभापति देउवा र महामन्त्रीद्वय फेरि छलफलमा जुट्ने भएका छन् ।