भारतीय राजदूतको बिदाई कार्यक्रममा लैनचौर पुगे प्रधानमन्त्री देउवा

भारतीय राजदूतको बिदाई कार्यक्रममा लैनचौर पुगे प्रधानमन्त्री देउवा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-  प्रधानमन्त्री शेरबहादुर देउवा भारतीय राजदूत विनयमोहन क्वात्राको बिदाई कार्यक्रममा सहभागी भएका छन् । भारतिय राजदूत क्वात्रा विदेश सचिवमा बढुवा भएपछी मंगलवार लैनचौरस्थित उनको निवासमा आयोजना गरिएको भोजमा प्रधानमन्त्री देउवा ७ : ३५ मा पुगेका थिए । उनि ८ : ५ मिनेटमा त्यहांबाट बाहिरिएका थिए ।

बिदाई भोजमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बावुराम भट्टराई र गृहमन्त्री बालकृष्ण खांडलगायतका नेताहरु सहभागी छन् ।

रात्रीभोजमा निम्ता गरिए पनि एमाले अध्यक्ष एवंम् पुर्व प्रधानमन्त्री केपी शर्मा ओली भने प्रोटोकलका कारण दूतावास नगएको स्रोत बताउंछ ।ओलीलाई भारतिय राजदूत क्वात्राले ओली निवास बालकोट गएर नै बिदाई भेट यसअघि नै गरिसकेका छन् ।