दाेस्रो चरणको मतदान जारी, देउवा र कोइरालाबीच प्रतिस्पर्धा हुँदै

दाेस्रो चरणको मतदान जारी, देउवा र कोइरालाबीच प्रतिस्पर्धा हुँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत दोस्रो चरणको मतदान सुरु भएको छ । काठमाण्डुमा जारी महाधिवेशन अन्तर्गत दोस्रो चरणको चुनावमा शेरबहादुर देउवा र डा. शेखर कोइरालाबीच प्रतिस्पर्धा हुँदैछ ।

पहिलो चरणको निर्वाचनमा सभापतिका उम्मेदवार कसैले पनि ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि दोस्रो चरणमा चुनाव गएको हो । दोस्रो चरणको चुनावमा देउवालाई नेता प्रकाशमान सिंह र विमलेन्द्र निधिले सहयोग गर्ने बताएका छन् ।

पहिलो चरणमा भएको मतदान अन्तर्गत सबै भन्दा बढी देउवाले २ हजार २५८ मत प्राप्त गरेका थिए । उनले पाएको मत भनेको ४८.२३ प्रतिशत हो । कोइरालाले १ हजार ७२९ अर्थात २६.९३ मत पाएका थिए ।