खुला केन्द्रीय सदस्यमा देउवाको वर्चश्व, कोइराला पक्षका ९ जनाले जिते

खुला केन्द्रीय सदस्यमा देउवाको वर्चश्व, कोइराला पक्षका ९ जनाले जिते


काठमाण्डु – नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा सभापति शेरबहादुर देउवा पक्षले कब्जा जमाएको छ ।

कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत ३५ जना निर्वाचित हुने खुला केन्द्रीय सदस्यमा २५ जना देउवा पक्षबाट विजयी भएका छन् भने सभापतिमा पराजित शेखर कोइराला पक्षबाट ९ जनाले जित हात पारेका छन् ।

शशांक कोइराला भने देउवा र शेखर दुवै पक्षमा थिए । शनिबारबाट थालिएको मतगणना आइतबार साँझ सकिएको हो ।

यी हुन् देउवा पक्षबाट निर्वाचित सदस्य: 

एनपी साउद, बालकृष्ण खाण, उदयशम्शेर राणा, रामहरी खतिवडा, उमेशजङ्ग रायमाझी, कृष्णकिशोर घिमिरे, डा गोपाल दहित र मोहन आचार्य, रमेश लेखक र ज्ञानेन्द्रबहादुर कार्की , शंकर भण्डारी, गोपालमान श्रेष्ठ, जितजंग बस्नेत, नैनसिंह महर, जिपछिरिङ लामा, सुरेन्द्रराज पाण्डे, पद्मनारायण चौधरी, गुरु बराल, मोहनबहादुर बस्नेत, राजीव ढुंगाना, गणेश लामा, मदन अमात्य, गोविन्द भट्टराई र कुन्दनराज काफ्ले ।

शेखर पक्षबाट निर्वाचित सदस्य:
शशाङ्क कोइराला, अर्जुन नरसिंह केसी ,डा राम शरण महत, बल बहादुर केसी, दीपक गिरी, डा गोविन्द पोखरेल, सञ्जय गौतम, दिनेश कोइराला र अजयबाबु सिवाकोटी रहेका छन् । ३५ जना निर्वाचित हुने खुला केन्द्रीय सदस्यमा ९९ जना उम्मेदवार रहेका थिए ।