काठमाण्डु– नेपाली कांग्रेसका नेता शेखर कोइराला र सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ।मंगलबार नेता कोइराला मिनेन्द्र रिजाललाई लिएर सभापति भेट्न गएका हुन् ।
उनीहरुबिच क्रियाशिल बितरण समितिले नम्बर बिनाका फारम जिल्ला–जिल्ला पठाएको र केन्द्रीय अनुशासन समितिले गरेको कारबाही सिफारिस फुकुवा लगायत बिषयमा कुराकानी भएको थियो ।
भेटमा कोइरालाले नम्बर बिनाका फारम पठाउँदा पार्टीभित्र र देशैभर जटिल समस्या उत्पन्न सिर्जना गरेको बताए ।
कोइरालाले बिना नम्बरका ति फारम तत्काल फिर्ता गरि नयाँ फारम पठाउँन निर्देशन दिन देउवालाई आग्रह गरे । यस्तै कोइरालाले ती बिना नम्बरका फारमका आधारमा महाधिवेशन प्रक्रिया शुरु हुनै नसक्ने तर्क राखे ।
अनुशासन कारबाहीका सम्बन्धमा देउवाको ध्यानाकर्षण गराउँदै कोइरालाले सबैको कारबाही फुकुवा गरि पार्टी महाधिवेशन र आम निर्वाचनमा खटिन निर्देशन दिनुपर्ने धारणा राखे ।
२०७९ को निर्वाचनको गठबन्धनका समयमा भएका कुरालाई लिएर अहिले कारबाही गर्न नहुने कोइरालाको भनाइ थियो ।




प्रतिक्रिया