एनपीलाई काउन्टर दिन देउवाले बनाए लेखकलाई कार्यसम्पादन समिति सदस्य

एनपीलाई काउन्टर दिन देउवाले बनाए लेखकलाई कार्यसम्पादन समिति सदस्य

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तल्लो वरियतामा रहेका नेता रमेश लेखकलाई कार्यसम्पादन समिति सदस्य मनोनित गरेपछि कांग्रेसमा तरंग पैदा भएको छ ।

कांग्रेसको विधानमा पदाधिकारी र प्रतिनिधि सभा तथा राष्ट्रिय सभा दलको नेता पदेन सदस्य हुने व्यवस्था छ । सभापतिले केन्द्रीय समितिमा रहेका वरिष्ठ सदस्यहरूमध्य ३१ लाई कार्यसम्पादन समिति सदस्यमा मनोनयन गर्ने र केन्द्रीय कार्यसमितिबाट अनुमोदन गराउने भन्ने परम्परा रहेको थियो ।

पदाधिकारी १३ जना छन् । त्यसपछि ३१ जनालाई बनाउँदा वरियतामा ४४ नम्बरसम्म रहेका नेताहरू कार्यसम्पादन समितिमा पर्नु पर्ने हो । तर देउवाले बीचका नेताहरूलाई छोडेर एकै पटक केन्द्रीय कार्यसमितिको वरियताक्रममा ६४ औँ नम्बरमा रहेका लेखकलाई कार्यसम्पादन समिति सदस्यमा मनोनित गरेर बुधबार बसेको केन्द्रीय समिति बैठकबाट अनुमोदनसमेत गराएर भ्याएका छन् ।

तल्लो वरियताका लेखकलाई कार्यसम्पादन समिति सदस्य बनाएपछि अन्य नेताहरूले के गर्न लागेका हुन भनेर चियो चर्चो गर्न लागेका छन् भने देउवाले प्रतिनिधि सभाको प्रमुख सचेतक पनि रहेको र कानुनको विद्यार्थी पनि भएकाले उपयुक्त भएको तर्क दिएका छन् ।

कांग्रेसमा सभापति देउवा सुदूरपश्चिमका हुन् । सुदरुरपश्चिममा देउवाको उत्तराधिकारीका रूपमा देखिएका दुई नेता छन् । एक, एनपी साउद, दुई, रमेश लेखक ।

एनपी साउद नेपाल विद्यार्थी सँघको राजनीति गरेर अध्यक्षसम्म भएकाले संगठनमा पकड छ । उनी लेखक भन्दा सिनियर पनि हुन् । सिनीयारिटीका आधारमा यसअघि नै साउद कार्यसम्पादन समिति सदस्य बनिसकेका छन् ।

पर्टीको १४ औं महाधिवेशनसम्म देउवाका सानिध्यमा नै थिए, लेखक र साउद । तर, १४ महाधिवेशन मै देउवाले पदाधिकारीमा उम्मेदवार नबनाएको भन्दै साउद देउवाको ‘किचन क्याविनेट’बाट अलि पर पुगेका छन् । उनले कांग्रेसमा अर्को गुट चलाइरहेका र १४ औँ महाधिवेशनमा देउवासँग सभापतिमा प्रतिष्पर्धा गरेर निकटत्म प्रतिष्पर्धी बनेका डा. शेखर कोइरालासँग निकटता बढाएका छन् । १४ औँ महाधिवेशन अघि नै कोइराला क्याम्पमा प्ुग्न लागेका साउद अन्तिम समयमा रोकिएका थिए । तर, महाधिवेशनपछि देउवासँग भन्दा साउद कोइरालासँग निरन्तर सम्पर्कमा हुन्छन् । देउवाले त्यो सुइको पाएका छन् ।

त्यसपछि साउद किनारा लागेपछि कसलाई सुदूरपश्चिममा आफ्नो उत्तराधिकारी बनाउन लेखकलाई कार्यसम्पादन समितिमा ल्याएर बाटो खुला गरेको हुन सक्ने एक निकट नेताले बताए ।

देउवा उनकी श्रीमति तथा कांग्रेस केन्द्रीय सदस्य आरजु देउवाको कुरा काटेर अगाडि बढ्न सक्दैनन् । लेखक आरजुसँग पनि निकट छन् । उनलाई कार्यसम्पादन समितिमा ल्याउन केही जोडबल आरजुको पनि रहेको सुत्रहरू बताउँछन् ।

अर्को कांग्रेसमा संसदीय दलको नेता परिवर्तन गर्ने चर्चा परिचर्चा भइरहेको छ । महामन्त्री गगन थापाले दलको नेता परिवर्तन गर्न लागिरहने बताएका थिए । २०७९ पुसमा देउवासँग संसदीय दलको नेतामा पराजित भएका थापाले सार्वजनिक रूपमा नै त्यस्तो बताएकाले केही न केही प्रयास त गर्ने नै भए ।

त्यसमाथि अहिले त गत महाधिवेशनमा प्रतिष्पर्धी रहेका डा. शेखर नै दलको नेता परिवर्तन गर्ने खेलमा लागेका छन् । गगनले पनि डा. कोइरालालाई साथ दिने भएपछि कति बेला दलको नेता फुस्किने हो भन्ने भयले देउवाले त्यसको रोकथाप गर्न लेखकलाई कार्यसम्पादन समितिमा ल्याएर केही हुन्छ कि भनेर मनोनयन गरेको हुन सक्ने निकटस्थहरू बताउँछन् ।