काठमाण्डु- प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । शनिबार पाँच दलीय गठबन्धनको जनकपुरमा हुने आमसभामा सहभागि हुन जानुअघि देउवा र नेपालबीच बालुवाटारमा भेटवार्ता भएको हो ।
आजको भेटवार्तामा उनीहरुबीच स्थानीय तहको निर्वाचन अन्तर्गत ६ महानगर र ११ उपमहानगरमा गठबन्धनका उम्मेद्धवार विजयी बनाउनुपर्ने र यसको लागि सबैले इमानदारितापूर्वक भूमिका खेल्नुपर्नेबारे छलफल भएको जनाइएको छ ।
गठबन्धन दलहरुले स्थानीय तहको निर्वाचनमा केन्द्रबाट तालमेल गरे पनि स्थानीय तहमो भने किचलो देखिएको छ । कतिपय ठाउँहरुमा नेपाली कांग्रेसका नेता लगायत कार्यकर्ता रुष्ट भएका कारण गठबन्धन दलहरुलाई झट्का लागेको छ ।




प्रतिक्रिया