काठमाण्डु- प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र दामोदर मोदीबीच भेटवार्ता सुरु भएको छ । शनिबार नयाँदिल्लीस्थित हैदराबाद हाउसमा प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदीबीच वान टू वान वार्ता भइरहेको जनाइएको छ ।
उक्त वार्ता पछि दुई देशका प्रतिनिधिमण्डलबीच वार्ता हुनेछ । त्यसैगरी विभिन्न सम्झौतामा हस्ताक्षर हुने पनि जनाइएको छ । सम्झौतामा हस्ताक्षर गरेपछि प्रधानमन्त्री मोदीले प्रधानमन्त्री देउवाको सम्मानमा दिवा भोजको आयोजना गर्नेछन् ।




प्रतिक्रिया