काठमाण्डु- प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी भएको कार्यक्रममा नाराबाजी भएको छ ।
सोमबार दिउँसो भीमसेन थापा स्मृति प्रतिष्ठानले राजधानीको कमलादीमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले प्रधानमन्त्री देउवाले बोल्न खोज्दा पहिला एक जना युवाले ‘नागरिकता विधेयक फिर्ता गर, राष्ट्रिय स्वाधीनताको रक्षा गरौं,’ भन्दै नारा लगाए ।
उनलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिँदालिँदै अर्का युवाले ‘एमसीसीको मतियार शेरबहादुर देउवा मुर्दावाद’ भन्दै नारा लगाएका थिए ।
उद्घोषकले प्रधानमन्त्री देउवालाई मन्तव्य दिन बोलाएपछि केही व्यक्तिले नाराबाजी गरे। कार्यक्रम स्थलमा नाराबाजी हुन थालेपछि सुरक्षाकर्मीले प्रधानमन्त्री देउवालाई सुरक्षित तवरले मन्तव्य स्थानसम्म पुर्याएका छन्।
अहिले प्रधानमन्त्री देउवा कार्यक्रमलाई सम्बोधन गरिरहेका छन्। प्रहरीले नाराबाजी गर्नेहरूलाई कार्यक्रमस्थल बाहिर निकालेको छ।




प्रतिक्रिया