काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि कारबाही गर्नुपर्ने बताएका छन् । उनले सरकारले महरालाई संरक्षण गरेको आरोप लगाए । ।
‘यौन दूव्र्यवहारको आरोप लागेपछि सभामुख पदबाट राजीनामा दिएका कृष्णबहादुर महरालाई कारबाही गर्नुको साटो सरकार आफैले संरक्षण गर्ने काम गरिरहेको छ, पीडित महिलालाई धम्क्याएर, तर्साएर मुद्दा हाल्न दिएको छैन् । ’ देउवाले भने ।
उनले महराले बदमासी गरेको भन्दै उनलाई सबै जिम्मेवारीबाट हटाउनुपर्ने धारणा राखे ।
दशैंको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित एक शुभकामना अदानप्रदान कार्यक्रममा बोल्दै देउवाले महरालाई बचाउने काम भइरहेकोप्रती आपत्ती जनाए ।
अर्को प्रसंगमा सभापति देउवाले सर्वसाधारणले दशैं समेत मनाउन नसक्ने गरी महंगी बढदा पनि सरकारले नियन्त्रण गर्न नसकेको आरोप लगाए ।




प्रतिक्रिया