काठमाण्डु – नेपाली कांग्रेसको सभापति चयनका लागि पुनः मतदान हुने भएको छ । कांग्रेस सभापतिमा शेरबहादुर देउवाले २२ सय ५८ मत पाए भने शेखर कोइरालाले १७ सय ४९ मत प्राप्त गरेका छन् । देउवाले पहिलो चरणमा ८२ मत कम पाउंदा कांग्रेसमा दोस्रो पटक मतदान हुन लागेको हो ।
कांग्रेसमा आइतबार भएको मतदानमा ४६ सय ७९ मत खसेको थियो । कांग्रेसको बिधानअनुसार जितका लागी २३ सय ४० मत आवश्यक हुन्थ्यो । तर, पहिलो चरणमा कुनै पनि उम्मेदवारले मत ल्याउन नसकेपछि अब दोस्रो चरणमा सभापतिका लागि देउवा र कोइरालाबीच प्रतिस्पर्धा हुनेछ ।
देउवापछि प्रकाशमान सिंहले ३ सय ७१, बिमलेन्द्र निधिले २ सय ४९ र कल्याण गुरुङले २० मत पाएका छन् ।
कांग्रेसमा दोस्रो चरणमा प्रवेश गरेसंगै कोइराला पक्ष उत्साहित भएको छ । सभापतिका उम्मेदवार समेत रहेका देउवाले नेता प्रकाशमान सिंहलाई मिलाउन दूतका रुपमा बालकृष्ण खांडलाई उनका निवास चाक्सीबारी पठाएका छन् । दुवै नेताबीच अहिले छलफल जारी छ ।




प्रतिक्रिया