काठमाण्डु – प्रधानमन्त्री शेरबहादुर देउवाले देशभरका बाढी पहिरो पिडित परिवारलाई राहत उपलब्ध गराइने बताएका छन् ।
आइतबार बिहान विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै उनले देशभरमा भएको जनधनको क्षति र राहतका निम्ति मन्त्रिपरिषद्को बैठक बसेर निर्णय गरिने बताएका हुन् ।
प्रधानमन्त्री देउवाले अविरल वर्षाका कारण देशभर भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै उद्धार र राहतमा खटिएका सुरक्षा निकायलाई धन्यवाद पनि दिए ।
उनले बाढी र पहिराबाट आगामी वर्षमा हुने जनधनको क्षति रोकथाम र न्यूनीकरण गर्ने दिशातर्फ सरकारले योजना बनाएर काम गर्ने समेत जानकारी दिए ।




प्रतिक्रिया