ओली सरकारले लोकतन्त्रमाथि हमला गर्न सुरु गर्योः देउवा

ओली सरकारले लोकतन्त्रमाथि हमला गर्न सुरु गर्योः देउवा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्ट नेतृत्वको वर्तमान सरकारले लोकतन्त्रमाथि हमला गर्न सुरु गरेको भन्दै त्यसको रक्षाका लागि तयारी अवस्थामा रहन पार्टीका नेता तथा कार्यकर्तालाई आह्वान गरेका छन् ।

गणतन्त्र दिवसको अवसरमा बुधबार काठमाडौंको शान्ति वाटिकामा आयोजित पार्टी कार्यकर्ता भेलामा बोल्दै  देउवाले प्रेस स्वतन्त्रता र मानव अधिकार आयोगलाई नियन्त्रणमा लिन खोजेर सरकारले लोकतन्त्रमाथि आक्रमण गर्न सुरु गरेको उल्लेख गर्दै लोकतन्त्रको लागि लडेको कांग्रेसले नै यसको रक्षा गर्नुपर्ने भन्दै पार्टीका नेता तथा कार्यकर्तालाई तयारी अवस्थामा रहन आग्रह गरे    ।

‘जहाँ प्रेस स्वतन्त्रता हुँदैन, त्यहाँ लोकतन्त्र नै हुँदैन,’ सभापति देउवाले भने, ‘प्रेस स्वतन्त्रता र मानव अधिकार आयोगलाई नियन्त्रणमा लिएर सरकारले लोकतन्त्रमाथि आक्रमण गर्न सुरु गरेकाले लोकतन्त्रको रक्षा गर्न पार्टीका नेता तथा कार्यकर्ता तयार हुनुपर्ने बेला आएको छ ।’

सभापति देउवाले लोकतन्त्रका लागि फेरि संघर्ष गर्न नपरोस् भनेर आफ्नो पार्टीले राजतन्त्रको अन्त्य गर्ने कामको अगुवाइ गरेको पनि स्मरण गराए । उनले धेरै ठूलो लडाइँ, त्याग र तपस्याको प्रतिफलका रुपमा प्राप्त भएको संघीय लोकतान्त्रिक गणतन्त्रलाई रक्षा गरेर अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरे ।