देउवाको भाग्यरेखामा १९ वर्षअघिको राजयोग, अपदस्थ वा शक्तिशाली के होलान ?


काठमाण्डु – तीनवटा दशैं एकै वर्ष परेका बेला प्रधानमन्त्री शेरबहादुर देउवाको भाग्यरेखा राजयोगमा पर्ने गरेको ज्योतिषीय विश्लेषण छ ।

आजभन्दा १९ वर्षअघि पनि यस्तै योग निर्माण भएकाले असक्षम भनेर पूर्वराजा ज्ञानेन्द्र शाहले देउवालाई प्रधानमन्त्रीबाट हटाएका थिए । तर, त्यसपछि केन्द्रीय राजनीतिमा शक्तिशाली अवस्थामा फर्केका देउवा फेरि पनि १९ वर्षअघिकै योग दोहोरिने चर्चा सुरु भएको छ ।

यस्तो शक्तिशाली राजयोगको संयोग परेको अवस्थामा कसैले कमजोरीको फाइदा उठाउन खोजेमा त्यस्ता वर्गको अस्तित्वमै संकट आउन सक्ने ज्योतिषी सुरेशचन्द्र रिजाल बताउँछन् ।

यो वर्ष तीनवटा दशैं परेको छ । २०७७ सालको चैते दशैं पनि २०७८ सालमा मनाइयो भने मूल दशैं र चैते दशैं पनि यही वर्ष नै पर्ने भएकाले यो वर्ष तीनवटा दशैं पर्छ । तीनवटा दशैं एकै वर्ष भएको बेलामा देउवाको भाग्यरेखा राजयोगमा पर्ने ज्योतिषी रिजालको दाबी छ ।

१९ वर्षअघि पनि एकै वर्ष तीनवटा दशैं भएको र पछि अपदस्थ हुनुपरे पनि देउवा चर्चा र शक्तिमै रहेको उनले बताए । ‘१९ वर्षपछि अहिले पनि पहिलेकै योग देखिएकाले देउवा चर्चित र शक्तिशाली नै बनिरहने योग छ,’ रिजालले भने ।

प्रतिक्रिया दिनुहोस
Advertisement