देउवाको प्रस्ताव : माओवादीले मलाई पनि गोली हानेका हुन्, पुराना कुरा भुलेर गठबन्धन गरौं

देउवाको प्रस्ताव : माओवादीले मलाई पनि गोली हानेका हुन्, पुराना कुरा भुलेर गठबन्धन गरौं

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी निर्वाचनमा गठबन्धनको विकल्प नभएको बताएका छन् । सोमबार बसेको केन्द्रीय समितिको बैठकमा प्रधानमन्त्री समेत रहेका देउवाले गठबन्धन नगरे चुनावमा जित्न नसकिने भन्दै चुनावी तालमेल गनुपर्ने बताएका हुन् ।

‘यसअघि गठबन्धन नहुँदा मैले नै बालबाल जितेको हुँ ! गठबन्धन नगरेर हुन्छ ? गठबन्धन गरेर जाँदा हामी सबैले जित्छौँ भन्या । ए बाबा ! पहिला धेरै साथीहरु हारेका होइनन् र ?,’ उनले प्रश्न गर्दै भने, ‘मलाई पनि माओवादीले गोली हानेकै हुन् नि ! पुराना कुरा सम्झेर हुन्छ ? त्यसकारण गठबन्धन गरेर जाऔँ ।’

साथै उनले आफ्नो सिद्धान्तमा शंका नगर्न समेत केन्द्रीय सदस्यहरुलाई आग्रह गरे । ‘मेरो आइडियोलोजीमा शंका नगर्नुस् । म धेरै लडेको मान्छे हुँ । अब म पार्टी सभापति हुने होइन । तपाईंहरु जो जो हुने हो हुनुहोस्,’ उनको भनाई थियो ।