मोदीसँगको भेटवार्ता उपलब्धिमूलक हुनेछ : प्रधानमन्त्री देउवा

मोदीसँगको भेटवार्ता उपलब्धिमूलक हुनेछ : प्रधानमन्त्री देउवा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु -प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीसँग हुने भेटवार्ता उपलब्धिमूलक हुने आशा व्यक्त गरेका छन् ।

भारत भ्रमणको पहिलो दिन शुक्रबार भारतस्थित नेपाली दूतावासमा आयोजित रात्री भोजमा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले शनिबार भारतीय प्रधानमन्त्री मोदीसँग हुने भेटवार्ता उपलब्धिमूलक हुने आशा व्यक्त गरेका छन् ।

भारतको तीन दिने भ्रमणका क्रममा प्रधानमन्त्री देउवा आज नयाँ दिल्ली पुगेका हुन् । उनीसँग भारतीय विदेशमन्त्री एस जयशंकरले भेट वार्ता गरेका छन् भने भारतीय सत्तारुढ दल भारतीय जनता पार्टीको कार्यालय पुगेका छन् ।