सरकारले सार्वजनिक जग्गा नियन्त्रणमा लिएर पार्टीका सांसदहरुलाई दिएको देउवाको आरोप

सरकारले सार्वजनिक जग्गा नियन्त्रणमा लिएर पार्टीका सांसदहरुलाई दिएको देउवाको आरोप

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले बालुवाटारलगायतका सार्वजनिक जग्गा नियन्त्रणमा लिएर पार्टीका सांसदहरुलाई दिने काम गरिरहेको आरोप लगाएका छन् ।

शुक्रबार पार्टीद्धारा ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै सभापति देउवाले त्यस्ता गतिविधि रोक्न आफ्नो पार्टी लागिपर्ने बताए ।

उनले सरकारले ल्याएको मिडिया काउन्सिल सम्बन्धि विधेयक अघि बढाए संसद र सडक अवरुद्ध पार्ने पनि चेतावनी दिए ।

लोकतन्त्र विरोधी मिडिया काउन्सिल विधेयक, मानव अधिकार हनन् हुने गरी आएको मानव अधिकार आयोगसम्बन्धि विधेयक संसदबाट अघि बढाउन खोजे संसद र सडक दुवै अवरुद्ध पारेर आन्दोलन चर्काउन आफ्नो पार्टी बाध्य हुने पनि बताए ।

सभापति देउवाले सरकारले मिडियामाथि अंकुश लगाएर लोकतन्त्रलाई कमजोर बनाउने षडयन्त्र गरिरहेको पनि दोहो¥याए ।

सरकारका हरेक कदम लोकतन्त्र र जनता विरोधी भएकाले आफ्नो पार्टीले प्रतिवाद गर्ने योजना तय गरेको सभापति देउवाको भनाई छ ।