संसद विपक्षको हो, विपक्षले मागेको सरकारले पूरा गर्नुपर्छः सभापति देउवा


काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको बेलायत भ्रमण असफल भएको बताएका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै निकै आक्रमक रुपमा प्रस्तुत भएका देउवाले फ्रान्सका कार्यकारी राष्ट्रपतिले भेट नदिनु तथा राजीनामा दिएकी बेलायती प्रधानमन्त्रीको आश्वासनले मात्र कुनै अर्थ नराख्ने बताउँदै आलोचना गरे ।

त्यस्तै  उनले संसारभर नै सदनमा प्रधानमन्त्रीभन्दा पहिला प्रतिपक्ष दलको नेताले बोल्न पाउने प्रचलन रहेको बताउँदै संसदमा विपक्षीले बोल्ने र सरकारले कार्यन्वन गर्नुपर्नेे बताए ।

उनले भने, ‘संसद विपक्षीको हो, बोल्ने विपक्षीले हो, यो संसारभरको मान्यता हो, यहाँ मात्रै जबर्जस्ती गरेर हुँदैन’ उनले भने, ‘विपक्षीको काम बोल्ने हो माग राख्ने होे, ‘विपक्षी बोल्छ, सरकारले कार्यान्वयन गर्छ ।

उनले प्रतिपक्षका मागदेखि नडराउन सरकारलाई आग्रह गरे । उनले भने, ‘मेरा अरु पनि माग छन । प्रतिपक्षको कामै बोल्ने हो, तय्सैले सरकार डराइ हाल्नु पर्दैन ।’

सभापति देउवाले गुठी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक फिर्ता लिनु सकारात्मक रहे पनि संसदबाहिरबाट फिर्ता लिनुले संसदीय व्यवस्था प्रति प्रश्न उब्जाएको बताए । संसदमा पेश भएको विधेयक संसद चलेका बेला संसदबाट मात्रै फिर्ता लिनुपर्नेमा बाहिरबाट फिर्ता लिनु उचित नभएको बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement