काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रतामाथि नै प्रहार हुने गरी सरकारले ल्याएको विधेयकहरू कुनै पनि हालत पारित हुन नदिने बताएका छन् ।
शुक्रबार पार्टी निकट स्थानीय तहका कर्मचारीहरूले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै सभापति देउवाले वर्तमान सरकारले लोकतन्त्रमाथि प्रहार गरिरहे सरकार ढाल्ने चेतावनी दिएका छन ।
लोकतन्त्रका लागि राणा ढालेको कांग्रेसले पञ्चायतलाई ढाल्यो, राजतन्त्रलाई ढाल्यो भने केपी ओली नेतृत्वको सरकारलाई ढाल्न कुनै समस्या नहुने चेतावनी दिए ।
पार्टी निकट कर्मचारीहरूलाई सरकारले धेरै दुःख दिने गरेको भन्दै आक्रोश पनि व्यक्त गरे । त्यस अवसरमा उनले वर्षौंदेखि स्थानीय तहमा काम गर्दैै आएका अस्थायी कर्मचारीहरूलाई स्वतः स्थायी नगरे सरकारविरुद्ध कडा आन्दोलन गर्न बाध्य हुने बताए ।




प्रतिक्रिया