प्रधानमन्त्री मंगलबारदेखि देशडौडाहामा, यस्तो छ भ्रमणतालिका

प्रधानमन्त्री मंगलबारदेखि देशडौडाहामा, यस्तो छ भ्रमणतालिका

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 
काठमाडौं– वारेसमार्फत मनोनयन दर्ता गराएका प्रधानमन्त्री शेरबहादुर देउवा बिहीबार डडेल्धुरा पुग्ने भएका छन्।

 

उनी डडेल्धुराबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार हुन्।

 

 

कात्तिक २५ गते ताप्लेजुङबाट चुनावी प्रचारको थालनी गरेका प्रधानमन्त्री देउवा मंगलबारबाट देशदौडाहामा निस्कन लागेका हुन्।

 

 

प्रधानमन्त्री देउवाले पहिलो चरणमा कात्तिक २८ गते नेपालगञ्ज, २९ गते धनगढी, ३० गते डडेलधुरा, आगामी मंसिर १ गते बैतडी र दार्चुला तथा २ गते बाजुरा र बझाङमा नेता कार्यकर्ता भेटघाट र चुनावी आमसभालाई सम्बोधन गर्ने पार्टी कार्यालयले जनाएको छ।

 

भ्रमणका क्रममा प्रधानमन्त्री देउवाले चुनावी सुरक्षासम्बन्धी बैठकमा आवश्यक निर्देशनसमेत दिने बताइएको छ।

 

 

कांग्रेसले पहिलो चरणमा हुने ३२ जिल्लाका ३७ मध्ये ३५ निर्वाचन क्षेत्रमा प्रतिनिधिसभातर्फ उम्मेदवारी दिएको छ। दुई निर्वाचन क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) र नयाँ शक्ति पार्टीसँग गठबन्धन गरेको छ।