काठमाण्डु – नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पनि शेरबहादुर देउवालाई नै समर्थन गर्ने भएका छन् ।
आज हुने दोस्रो चरणको निर्वाचनमा नेता निधिले देउवालाई समर्थन गर्ने निर्णय गरेका हुन् । सोमबार भएको पहिलो चुनावमा देउवाले ५१ प्रतिशत मत ल्याउन सकेनन् । देउवाले २२५८ मत ल्याएका थिए ।
सोहीअनुसार आज दिउँसो ३ः३० बजे दोस्रो चरणको निर्वाचन हुँदैछ । यस्तै नेता प्रकाशमान सिंहले पनि देउवालाई नै समर्थन गर्ने निर्णय गरिसकेका छन् ।




प्रतिक्रिया