काठमाण्डु – विगतमा सत्ता सहयात्रा गरिसकेका विघटित प्रतिनिधिसभाका प्रमुख २ दल नेपाली कांग्रेस र नेकपा एमालेले चुनावी गठबन्धन गर्ने सहमति गरेका छन् ।
आसन्न राष्ट्रियसभा सदस्य चुनावमा दुवै पार्टीले गठबन्धन गरेर जाने सहमति गरेका स्रोतले जनाएको छ । राष्ट्रिय सभाका १७ सिटमा गठबन्धन गर्ने सहमति दुवै दलले गरेका छन् ।
चुनावी गठबन्धनको सहमतिबारे बुधबारै घोषणा हुँदैछ । राष्ट्रियसभा चुनावमा गठबन्धन सफल भएमा प्रतिनिधिसभा चुनावमा पनि गठबन्धनको सम्भावना रहेको स्रोतको दाबी छ ।
पछिल्लोपटक एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएयता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग नजिक रहेका छन् ।




प्रतिक्रिया