देउवामाथी ओलीको आक्रोस : अरुलाई तँ ,तिमी भनेर बहादुरी ठान्ने

देउवामाथी ओलीको आक्रोस : अरुलाई तँ ,तिमी भनेर बहादुरी ठान्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीका लागि प्रयोग गरेको भाषाप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले आक्रोस ब्यक्त गरेका छन् ।

शनिबार बालुवाटारमा आयोजित बुद्धिबहादुर रायमाझीको ‘पञ्चायती जेलमा १३ वर्ष’ नामक पुस्तक बिमोचन कार्यक्रममा प्रधानमन्त्री ओलीले देशलाई अराजकता र असभ्यतातिर धकेल्न खोजिएको बताए । लोकतन्त्र नै नमान्नेहरुले लोकतन्त्रको हिमायती बनेर नक्कली कुरा गरिहेको उनको आरोप छ । ओलीले भने, “आज कांग्रेस सभापति देउवाको औपचारिक वक्तव्य हेरेँ । राष्ट्रपतिलाएई तपाईँसम्म भनिएको छैन ।

राष्ट्रपतिको सम्बन्धमा बोलिएको भाषा यस्तो छ । सामन्तवादप्रतिको दलाली त्यस ठाउँमा एकजना कुलिन घराना पाखण्ड सिद्धान्तको आधारमा आएको राजा नामको पात्र भएको भए कस्तो कस्तो भाषा बोलेर निहुरिएर हात मुसारेर के के भाषा बोल्थे यिनै मानिसहरु ?” अहिले असभ्य तरिकाले बोल्नु, अरुलाई तँ तिमी भन्नु बहादुरी ठान्ने गरेको उनले सुनाए । देउवाले शनिबार जारी गरेको विज्ञप्तिमा राष्ट्रपतिलाई तिमी भनेर सम्बोधन गरिएको थियो ।