काठमाण्डु – तीन प्रमुख राजनीतिक दलका शीर्ष नेताले छुट्टाछुट्टै स्थानबाट उम्मेदवारी दिएका छन् ।
आइतबार प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डडेल्धुराबाट, एमाले अध्यक्ष केपी शर्मा ओलीले झापा ५ र माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गोरखा २ मा उम्मेदवारी दिएका हुन् ।
डडेल्धुरामा प्रधानमन्त्री समेत रहेका देउवाको प्रतिस्पर्धी १० जना रहेका छन् । उनको निर्वाचन क्षेत्रमा ११ जनाको उम्मेदवारी परेको छ ।
यस्तै एमाले अध्यक्ष ओलीका प्रतिस्पर्धी २६ जना छन् । उनको क्षेत्र झापा ५ मा २७ जनाको उम्मेदवारी परेको छ ।माओवादी अध्यक्ष प्रचण्डको प्रतिस्पर्धी १२ जना छन् । गोरखा २ मा १३ जनाको उम्मेदवारी परेको छ ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालका प्रतिस्पर्धी १५ जना रहेका छन् । उनको क्षेत्र रौरहट १ मा १६ जनाको उम्मेदवारी परेको छ ।




प्रतिक्रिया