प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता,गठबन्धनकाे बैठक सर्‍यो

प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता,गठबन्धनकाे बैठक सर्‍यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । एमसीसीबारे निर्णय लिन बिहीबार सत्तागठबन्धनको बैठक बस्नु अघि दुई नेताबीच भेटवार्ता भएको हो ।

मिलेनियम च्यालेञ्ज कर्पोरेसन एमसीसीसँग नेपालले गरेको सम्झौता संसद्‌बाट अनुमोदन गर्ने कि नगर्ने भन्ने विषयमा सत्ता गठबन्धनका दलबीच आजै निर्णायक छलफल हुँदैछ । बुधबार प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल गरिछाड्ने योजनामा रहेका कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवा माओवादी केन्द्रलगायत गठबन्धनमै रहेका दलले विरोध गरेपछि सफल हुन सकेनन् ।

प्रधानमन्त्रीले जबरजस्ती सम्झौतालाई संसद्मा टेबल गरे माओवादी केन्द्रले सरकारबाट बाहिरिने निर्णय गरिसकेको छ भने नेकपा (एकीकृत समाजवादी) तथा जनता समाजवादी पार्टी (जसपा)समेत एमसीसी संशोधन नगरी संसद्‌मा पेस गर्न नहुने पक्षमा उभिएका छन् ।

 गठबन्धनको बैठकअघि सहमतिका लागि पहल गर्न ३ बजे बस्ने भनिएको सत्तागठबन्धनको बैठक ५ बजेलाई सारिएको छ ।