देउवा र प्रचण्डबीच भेटवार्ता, मन्त्रिपरिषद् विस्तारबारे छलफल

देउवा र प्रचण्डबीच भेटवार्ता, मन्त्रिपरिषद् विस्तारबारे छलफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार देउवा र प्रचण्डबीच भेटवार्ता भएको हो । दुई नेताबीच मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल भएको स्रोतले जनाएको छ ।

प्रधानमन्त्री देउवाले विश्वासको मत पाएपनि दुई साता बितिसक्दा सम्म मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् । गठबन्धन भित्रका दल आन्तरिक समस्यामा फसेपछि उनले मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेका हुन् । सत्ता सहकार्यका लागि प्रचण्डले दौडधुप गरिरहेका छन् ।