काठमाण्डु- सत्तारुढ गठबन्धनका शीर्ष तीन नेताबीच शनिबार भेटवार्ता हुने भएको छ ।
शनिबार बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीचबीच भेटवार्ता हुने भएको हो ।
आजको भेटवार्तामा एमसीसी, स्थानीय तहको निर्वाचनलगायतका विषयमा छलफल हुने स्रोतले जनाएको छ । अमेरिकाले फेब्रुअरी २८ भित्र एमसीसी पारित गर्न दबाब दिइरहेको छ । सत्ता गठबन्धनभित्र एमसीसी संसदबाट पारित गर्ने की नगर्ने विषयमा एकमत छैन् ।




प्रतिक्रिया