देउवासँग छलफल गर्न रामचन्द्र पौडेल समूह बालुवाटारमा

देउवासँग छलफल गर्न रामचन्द्र पौडेल समूह बालुवाटारमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा देखिएको विवाद समाधान गर्न वरिष्ठ नेता रामचन्द्र पौडेल समूहलाई बालुवाटार बोलाएका छन् ।

बालुवाटार स्रोतकाअनुसार देउवासँग छलफल गर्न पौडेल बालुवाटार पुगेका छन् । खासगरी डडेल्धुरामा विवादित वडा अधिवेशनदेखि बाँकी जिल्लाको क्रियाशीलता सदस्यता विवाद टुंग्याउने विषयमा छलफल गर्न देउवाले पौडेलसहितका शीर्ष नेतालाई बोलाएका हुन् ।

‘रामचन्द्र दाई आउनुभएको छ । पार्टीको सबै विषयमा कुराकानी भइरहेको छ । ‘देउवाको सचिवालयका एक सदस्यले भने । डडेल्धुरामा सभापति देउवाले एकलौटी रुपमा वडा अधिवेशन गराएको भन्दै पौडेल समूहले पुनस्निर्वाचनको माग गर्दै आएको छ ।