प्रधानमन्त्री देउवाद्वारा देशकै ठुलो बुटवल सम्मेलन केन्द्रको उद्घाटन

प्रधानमन्त्री देउवाद्वारा देशकै ठुलो बुटवल सम्मेलन केन्द्रको उद्घाटन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- प्रधानमन्त्री शेरबहादुर देउवाले बुटवल सम्मेलन केन्द्रको उद्घाटन गरेका छन्। बुटवलमा निर्मित देशकै सबैभन्दा ठूलो क्षमताको सम्मेलन केन्द्र प्रधानमन्त्री देउवाले शनिबार उद्घाटन गरेका हुन् ।

कुल २७ सय जना क्षमताको सम्मेलन केन्द्र १ अर्ब ११ करोड रुपैयाँ लागतमा निर्माण भएको हो । बुटवल चौराहादेखि ५०० मिटर पूर्वतर्फ बुटवल-१० स्थित बुटवल मण्डपको साढे ९ बिघा क्षेत्रफलमा रहेको  सम्मेलन केन्द्रमा एकहजार जना क्षमताको मुख्य हल र अन्य १२ वटा हल छ ।

सम्मेलन केन्द्र उद्घाटनमा पूर्वअर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री बालकृष्ण खाँण, सहरी विकासमन्त्री मेटमणि चौधरी र लुम्बिनीका मुख्यमन्त्री कुलप्रसाद केसीलगायत सहभागी थिए ।