प्रधानमन्त्रीले राखे ओलीले देउवालाई भेटेकोबारे चासो

प्रधानमन्त्रीले राखे ओलीले देउवालाई भेटेकोबारे चासो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – एमाले अध्यक्ष केपी शर्मा ओलीसँग प्रधानमन्त्री पुष्पकमल दाहालले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भएको भेटमा भएका कुराकानीबारे चासो राखेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आइतबार दिउँसो करिब २ घण्टा भएको कुराकानीका क्रममा प्रधानमन्त्री दाहालले देउवासँगको भेटबारे चासो राखेका हुन् ।

ओलीले शनिबार आफ्नै निवास बालकोटमा तीन घण्टा पत्नी आरजु राणा देउवालाई संगै लिएर पुगेका देउवासँग कुराकानी गरेका थिए । देउवासँग ओलीको भेटपछि प्रधानमन्त्री दाहाल र उनी अध्यक्ष रहेको नेकपा माओवादी केन्द्रमा तरंग आएको थियो ।

त्यसपछि आइतबार बिहान दाहालले ओलीसिँग फोनमा र पछि भेटवार्ता गरेका थिए । सिंहदरबारमा भएको भेटको सुरुमै दाहालले ओलीसँग शनिबार देउवासँग भएको भेटबारे जिज्ञासा राखेका थिए ।

ओलीले भेटमा त्यस्तो सामान्य कुराकानी मात्रै भएको भनेर टार्न खोजेका थिए । ओलीको जबाफमा प्रधानमन्त्री दाहाल आश्वस्त नभएर फेरि तीन घण्टा लामो छलफलमा गम्भीर कुरा नहुने भन्ने पनि हुन्छ र भनेर प्रश्न तेर्स्याएका थिए ।

त्यसपछि ओलीले आधा घण्टा जति गम्भीर कुराकानी भएको बताए । प्रधानमन्त्री दाहालले पूरै अवधि सरकारमा बस्ने बताएको एक हप्ता बित्न नपाउँदै ओली र देउवाबीच भएको भेटले सशंकित बनेका दाहालले पटक-पटक जिज्ञासा राख्दा पनि ओलीले खुलस्त रूपमा कुरा नभएको निकटस्थ स्रोतले बतायो ।

देउवा र ओलीबीच के–के विषयमा कुराकानी भएको थियो भन्नेबारे सार्वजनिक भइसकेको छैन। तर, हामीले जिज्ञासा राखेको स्रोतले भने देउवाले ओलीलाई प्रधानमन्त्रीको प्रस्ताव गरेको ओलीले १८ असारसम्म कुर्न भनेको जानकारी दियो । १८ असारमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध सहकारी ठगी प्रकरणमा सर्वोच्च अदालतमा परेको रिटको सुनुवाइ हुने मिति तोकिएको छ ।

दाहालसँगको भेटवार्तापछि एमाले अध्यक्ष ओलीले भेटघाटहरू भइरहेको पत्रकारहरूलाई बताएका थिए । ओलीको यो भनाइले पनि केही नयाँ खिचडी पाक्न लागेको अनुमान गर्न सकिन्छ ।