काठमाण्डु- पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने प्रस्ताव गरेका छन् ।
मंगलबार बिहान धुम्बाराहीमा बसेको बैठकमा प्रधानमन्त्री प्रचण्डलाई देउवाले विश्वासको मत दिनु पर्ने प्रस्ताव राखेका हुन् । सोमबार साँझ देउवाको निवास पुगरे प्रचण्डले विश्वासको मत मागेका थिए ।
प्रचण्डसँगको भेटवार्तापछि देउवाले हिजो नै विश्वासको मत दिने संकेत गरेका थिए । तर, कांग्रेसका पदाधिकारीहरुबीच विश्वासको मत दिनेबारे सहमति जुट्न सकेको छैन् । आजको बैठकमा विश्वासको मत दिन नहुने मत राखेका नेताहरुले यसबारे केन्द्रीय समितिले निर्णय गर्नु पर्ने माग गरेका थिए ।
तत्कालै केन्द्रीय समिति बैठक बस्न असंभव भएकाले यसबारे निर्णय गर्न कार्य सम्पादन समितिको बैठक बोलाइएको छ । कांग्रेसको कार्यसम्पादन समितिलाई केन्द्रीय समितिले लिने निर्णय गर्ने अधिकार छ ।




प्रतिक्रिया