नवनियुक्त प्रधानमन्त्री देउवालाई प्रचण्डले दिए बधाई

नवनियुक्त प्रधानमन्त्री देउवालाई प्रचण्डले दिए बधाई

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिएका छन् । प्रचण्डले  बुढानिलकण्ठ पुगेर नवनियुक्त प्रधानमन्त्री देउवालाई बधाई दिएका हुन् । अहिले उनीहरुबीच मन्त्रालय बाँडफाँडको विषयबारे छलफल भइरहेको छ ।

सोमबार सर्वोच्च अदालतले संसद पुनस्थापना गर्दै देउवालाई प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपतिलाई परमादेश जारी गरेको थियो । सोही अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले कांग्रेस सभापति देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।

प्रधानमन्त्रीमा नियुक्त भएका देउवालाई आजै शपथ ग्रहण गराउने तयारी भएको राष्ट्रपतिका सञ्चार सल्लाहकार टिका ढकालले जानकारी दिए । देउवा पाँचौं पटक प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।