माधव नेपालले गरे देउवा र प्रचण्डसँग छुट्टाछुट्टै छलफल


काठमाण्डु – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छुट्टाछुट्टै छलफल गरेका छन् । देउवा नेतृत्वको सरकारमा रहेका आफ्ना मन्त्रीहरु हेरफेर गर्न सक्रिय रहेका नेता नेपालले बिहीबार बिहान प्रचण्ड र देउवासँग छुट्टाछुट्टै छलफल गरेका हुन् ।

नेकपा एसले पुराना मन्त्री फिर्ता बोलाएर नयाँ मन्त्री पठाउन सिफारिस गरिसकेको छ । तर, प्रधानमन्त्री देउवाले भने नेकपा एसको निर्णय कार्यान्वयन गर्न आनाकानी गर्दै आइरहेका छन् । नेपालले कोटेश्वरस्थित निवासमा आएका माओवादी अध्यक्ष प्रचण्डसँग मन्त्रिपरिषद पुनर्गठन हुनुपर्ने बताएका छन् ।

प्रचण्डसँगको भेटपछि नेपालले बालुवाटार पुगेर प्रधानमन्त्री देउवासँग छलफल गरेका हुन् । प्रधानमन्त्रीसँगको भेटमा पनि अध्यक्षले नेपालले आफ्नो पार्टीका मन्त्रीहरु फेर्न दवाव दिएको स्रोतले बतायो ।

प्रतिक्रिया दिनुहोस
Advertisement